ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

संखुवासभा । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–८ विष्णुधारामा आज बिहान ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

खाँदबारी नगरपालिका–१ ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको हो। आज बिहान ९ बजे, को २ त ३२१६ नम्बरको ट्याक्टर ग्यारेजबाट ब्याक गरी सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको थियो।

ट्याक्टरको ठक्करबाट घाइते हुनुभएका तामाङको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै, ट्याक्टर चालक भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

Back to top button