पेसागत महासंघको स्थापना दिवसमा विद्यालयलाई खेल सामग्री हस्तान्तरण

विराटनगर । पेसागत महासङ्घ नेपालको स्थापना दिवसको अवसरमा विराटनगरको एक विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरिएको छ ।

पेसागत महासङ्घ नेपाल जिल्ला समिति मोरङ र विराटनगर महानगर समितिको संयुक्त आयोजनामा आज विराटनगरस्थित मिल्स माविलाई खेल सामग्री हस्तान्तरण गरिएको हो ।

ट्रेड यूनियन आन्दोलनको भूमि विराटनगर स्थित रानीमा रहेको मिल्स मा.बि.लाई रू.१५ हजार बराबरको खेल सामाग्री हस्तान्तरण गरिएको महासङ्घ जिल्ला समिति अध्यक्ष प्रकाश शर्माले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समिति सदस्य मेघनाथ घिमिरे, कोशी प्रदेश अध्यक्ष अशेष लम्साल, सचिव श्री डिल्ली धिमाल, मोरङ ईन्चार्ज शुसिल पराजुलीलगायत मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिका सदस्यहरूको सहभागीता थियो ।

जिल्ला अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फूटबल, भलिबल, चेस, लुडो, क्यारामबोर्ड, नेटलगायतका सामग्री विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावतीलाई हस्तान्तरण गरिएको सचिव सालिग्राम कोईरालाले बताउनुभयो ।

Back to top button