कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेती नियुक्त

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती नियुक्त हुनुभएको छ ।

आज बसेको कोशी प्रदेश सरकार मन्त्रिपरीषद्ले उहाँलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टका अनुसार उप्रेतीले महेन्द्र रत्न क्याम्पस ताहाचलमा अर्थशास्त्र विषय प्राध्यापन गर्दै आउनुभएको थियो भने उहाँले त्रिभूवन विश्वविद्यालयको राजिष्ट्रार पदको जिम्मेवारी समेत बहन गरिसक्नु भएको छ ।

यस्तै बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परापर्श लिइ सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरिएको छ ।

यसैगरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

Back to top button