जब उड्न लागेको बुद्ध एयरभित्र मुसा देखियो…

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुर विमानस्थलमा आज उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा फेला परेको छ। जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा फेला परेपछि सबै चकित मात्र भएनन् । उडान प्रभावित भयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरियो ।

जहाज ४९ जना बोकेर उड्ने तयारीमा थियो । सोहि बेला यात्रुले मुसा देखेपछि खबर गरेका थिए । जहाजमा मुसा फेला परेपछि इन्जिनियरहरूले जहाजको परीक्षण गरिरहेको बताइएको छ। परीक्षण भएपछि मात्रै उडान गरिने प्रवक्ता निरौलाले बताउनुभयो ।

Back to top button