२०८४को निर्वाचनपछि रास्वपाले एक्लै सरकार चलाउँछः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ सालको निर्वाचनपछि रास्वपाले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताउनुभएको छ ।

आज काभ्रे आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा पार्टीले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताउनुभएको हो ।

‘कुनै भ्रष्टलाई पार्टीमा ठाउँ छैन्। तर, एक पटक मौका दिनूस्’ सभापति लामिछानेले भन्नुभयो,‘आउने निर्वाचनमा जमानत जफत भएकाहरू विजयी भएर आउनुहुनेछ ।’ उहाँले भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले होस्टेमा हैसे गर्न अपील गर्नुभयो ।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई जोगाउन केही दलहरू लागिपरेको आरोप समेत लगाउनुभयो । कयौं भ्रष्टाचारको फाइलको धुलो टक्टक्याउने बेला आएको भन्दै उहाँले त्यसका लागि नेपाली जनताको साथ चाहिने बताउनुभयो ।

उहाँले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउने र देशमा सुशासनको घण्टी आफूहरूले बजाएको दाबी गर्नुभयो ।

Back to top button