एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो २ बजे संसद भवनस्थित नयाँ बानेश्वरमा नीति तथा कार्यक्रममाथि छलफल गर्न एमालेको संसदीय दल बैठक बोलाएको सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकमा नीति तथा कार्यक्रम र समसामयिक विषयमा छलफल हुनेछ। सरकारले हिजो शुक्रबार संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले नीति तथा कार्यक्रम ल्याएकाले बजेटमा समावेश हुनुपर्ने विषयलाई उठान गर्ने छ।

Back to top button