विराटनगर जेसीजद्वारा संसारीमाईस्थानमा सरसफाई र रंगरोगन

विराटनगर । विराटनगर जेसीजले ‘स्वच्छ संसारीमाइस्थान अभियान’ अन्तर्गत संसारीमाइस्थान मन्दिर परिसरमा सरसफाइ तथा गमला राख्ने कार्य सम्पन्न गरेको छ । विराटनगर जेसीजका सदस्यहरुले सरसफाइ तथा रङ्गरोगन गर्दै प्रायोजित गमला राख्ने र बिरुवा रोप्ने काम गरेका हुन् ।

विराटनगरको छुट्टै पहिचानका रुपमा रहेको संसारीमाइस्थानलाई सफा र हराभरा बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको‌ विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिनुभयो । उहाँले गमला तथा बिरुवाहरुको समय–समयमा संरक्षण तथा अवलोकनमा समेत गरिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण मास्केले मन्दिर क्षेत्र संरक्षणमा युवाहरुले गरेको प्रयासको प्रशंशा गर्नुभयो ।

विराटनगर जेसीजका पूर्व अध्यक्ष हरिबहादुर श्रेष्ठले विराटनगर जेसीजले यस वर्ष गरेका गतिबिधीहरुलाई आफुले नजिकबाट नियालिरहेको र सम्पदा संरक्षण तथा प्रवर्द्धनमा विराटनगर जेसीज जोडिएको देख्न पाउँदा खुसी लागेको बताउनु भयो ।

कार्यक्रमका संयोजक सरोज पौडेलले संसारीमाइस्थानलाई सफाइ गरेर गमला तथा बिरुवा राख्ने कार्यको जिम्मेवारी दिएकोमा विराटनगर जेसीज बोर्डलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा यस वर्ष बिराटनगर जेसीजमा जोडिएका नयाँ सदस्यहरुलाई सपथ ग्रहण समेत गराइयो । कार्यक्रममा जेसीज बोर्ड , सदस्य, अब्जर्भरलगायतको उपस्थिती थियो ।

Back to top button