नेकोसद्वारा नेपाल वादोरियो कराँतेको कोशी प्रदेशको नव निर्वाचित टिमलाई बधाई ज्ञापन (भिडियोसहित)

विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस) विराटनगर महानगर कमिटीले नव निर्वाचित कोशी प्रदेश नेपाल वादेरियो कराँते डो संघलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित समितिलाई बधाई ज्ञापन गरेको हो । कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत (कृष्ण)ले उहाँहरुलाई खाँदा लगाएर बधाई ज्ञापन गर्नुभएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले राज्यले खेलाडीहरुलाई खेलेर बाँच्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल कराँते महासंघका बरिष्ठ उपाध्यक्ष तथा वादोरियो कराँते डो का प्रमुख प्रशिक्षक हरिशरण केसीले नव निर्वाचित समितिलाई खेलाडी उत्पादनमा कृयाशिल रहन आग्रह गर्नुभयो ।

नेकोसका विज्ञ आयोग उपप्रमुख दिपेश बास्तोलाले विषम परिस्थितीमा पनि खेलकुद महासंघले खेलक्षेत्रलाई चलायमान बनाउन कृयाशिल रहेको बताउनुभयो ।

नव निर्वाचित अध्यक्ष राजन कँडेलले खेल क्षेत्रप्रति सरकार उदासिन रहँदै आएको भन्दै यसलाई सबै मिलेर घच्घच्याउन आवश्यक रहेको बताउनुभयो । डो संघको आज सम्पन्न प्रदेश अधिवेशनले राजन कँडेलको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ ।

Back to top button