आज सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ, भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।

Back to top button