
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीको आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ ।
आज बिहान स्थानीयवासीले हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको छ ।
हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । योसँगै झापामा मात्रै चालु आर्थिक वर्षमा दुईवटा हात्तीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ५ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ ।