नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका सांसद् योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि भाग लिँदै सांसद् भट्टराईले सरकारी दस्तावेज कतै पनि जनयुद्ध शब्द नभएको बेला नीति तथा कार्यक्रममा यो शब्द राखेको भन्दै आपत्ति जनाउनुभएको हो ।

‘नीति तथा कार्यक्रममा जनयुद्ध उल्लेख छ। यो शब्द सरकारी दस्तावेजमा उल्लेख छैन। पहिलो पटक राष्ट्रपतिको मुखबाट यो शब्द बाचन गर्न लगाउनुभएको छ। संविधानमा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने विषयमा धेरै नै छलफल भएपछि जनयुद्ध शब्द राखिएको थिएन।’

एमाले सचिवसमेत रहनुभएका भट्टराईले भन्नुभयो,‘कांग्रेसले जनयुद्ध शब्दलाई स्विकार गर्नु भनेको कांग्रेसको लागि ‘इन्ड अफ हिस्टोरी’ हो।’

Back to top button