नीति तथा कार्यक्रम अन्तरविरोधहरुको संगालो: राजकिशोर यादव

काठमाडौं । सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम अन्तरविरोधहरुको संगालो भएको बताउनुभएको छ । आज नीति तथा कार्यक्रममाथि भाग लिँदै उहाँले भइरहेको कामलाई टालटुल गरेर नयाँ नेपाल नबन्ने धारणा राख्नुभएको हो ।

उहाँले अहिलेको समस्या यो हो यसरी अगाडि बढ्नुपर्छ भनेर नीति तथा कार्यक्रम नआएको बताउनुभयो। ‘हिजो हामीले गरेका बाचा किन पूरा भएन को–को दोषी थिए? जे सुकै गल्ति गरेपनि छुट हुने यो चरित्रले हामी कसरी अगाडि बढ्न सक्छौं? ’उहाँले प्रश्न गर्नुभयो।

सांसद यादवले नेपाली जनताले दोहोरी हेर्न नचाहेको बताउनुभयो। उहाँले मधेशसँग सौताको व्यवहार भइरहेको समेत बताउनुभयो।

उहाँले अरु त बेच्न बाँकी नरहेको भन्दै चुरेलाई पनि सरकारले नछोड्ने भन्दै प्रश्न गर्नुभयो। उहाँले भन्नुभयो,‘चुरे संरक्षण भनेर अरबौं रकम खर्च गरिसकेको छ। ४२ नम्बरको बुँदा हेर्ने हो भने अरु त बेच्न बाँकी रहेन अब चुरेलाई पनि नछोड्ने?’

सांसद यादवले चुरे लाइफ लाइन भएको स्पष्ट पार्नुभयो। उहाँले भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री र गृह मन्त्रालय नै बिचौलियाको इसारामा संलग्न हुन्छ भन्ने कसको विश्वास गर्न सकिन्छ भन्दै प्रश्न गर्नुभयो।

यस्तै, उहाँले दातृ निकायसँग समन्वय नगरी अगाडि बढ्न नसक्ने बताउनुभयो।

Back to top button