संसदमा ई–हाजिरी सुरु गर्ने तयारी

काठमाडौं । संघीय संसदमा सदस्यहरुको विद्युतीय प्रणालीबाट हाजिर गरिने भएको छ । आज प्रतिनिधि सभाका सभामुख र उपसभामुखले विद्युतीय हाजिरीका लागि वायोमेट्रिक प्रणालीबाट नाम दर्ता गराउनुभएको छ ।

संसद सचिवालयका अनुसार सबै सांसदहरुको वायोमेट्रिक विवरण संकलन गरेपछि विद्युतीय प्रणालीबाट हाजिर हुनेछ । प्रतिनिधिसभा बैठकमा सांसदहरु हाजिर गरेर घर जाने गरेको भन्दै विद्युतीय हाजिरीको प्रबन्धन गर्नुपर्ने माग उठेको थियो ।

हालसम्म सांसदहरुले लिखित रुपमा हाजिर गर्दै आएका थिए । यसपटक प्रतिनिधिसभाको आप्नो नियमावलीमा पनि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ ।

Back to top button