काभा महिला च्यालेन्ज कपः किर्गिस्तानविरुद्ध नेपालको सहज जीत

काठमाडौं । काभा महिला च्यालेन्ज कपअन्तर्गत समूह ‘ए’मा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सहज जित निकालेको छ ।

घरेलु कोर्टमा आत्मविश्वासी देखिएको नेपालले पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो। तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक देखिएको दोस्रो सेटमा किर्गिस्तानले २५–१९ को नतिजा सुम्पियो।

निर्णायक बनेको तेस्रो सेटमा घरेलु टिमविरुद्ध निरीह बनेको किर्गिस्तान २५– ११ मा सीमित बन्यो। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि बंगलादेशको सामना गर्नेछ।

यस्तै आजै भएको समूह ‘ए’को पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । आजदेखि सुरु भएको प्रतियोगितामा भारतविरुद्ध निरीह देखिएको बंगलादेशले दोहोरो संख्यामा अंक बनाउन सकेन।

पहिलो सेटमा तीन अंक मात्रै जोडेको बंगलादेशले २५–३ को नतिजामा पहिलो सेट सुम्पिएको थियो। दोस्रो सेट २५–९ ले जितेको भारतले तेस्रो सेटमा पनि २५–६ को सहज जित निकाल्यो।

आजै भएको समूह ‘बी’को पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमै पराजित गरेको थियो।

Back to top button