कोशी प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरीषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरीषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज नै प्रदेश प्रमुख पर्शुराम खापुङलाइ जानकारी गराउनु भएको उहाँका प्रेस सल्लाहकार महेन्द्र बिष्टले बताउनुभयो ।

यस्तै बैठकले प्रदेश निजामति सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । यसैगरी स्थानीय सेवा ( गठन तथा सञ्चालन ) अध्यादेश २०८० लाई पनि प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

Back to top button