काभा महिला भलिबलः आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपालले बंगलादेशको सामना गर्ने भएको हो । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले हिजो किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिता अन्तर्गत आज भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिष्पर्धा हुनेछ ।

Back to top button