मधेश सरकारमा एस पनि सहभागी

जनकपुर। मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी (एस) पनि सहभागी भएको छ । एसले एक मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो ।

एसबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त हुनुभएको छ । उहाँको मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टी भने अझै सरकारमा सहभागी भएको छैन । लोसपा २ मन्त्रालयको अडानमा छ ।

यस्तै, नेपाली कांग्रेस भने आजै २ मन्त्रालयसहित सरकारमा सहभागी भइसकेको छ ।

Back to top button