आज राष्ट्रिय सभामा नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने हुनुभएको छ ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । राष्ट्रिय सभाको सचिवालयका अनुसार ३ दिन (जेठ ७, ८ र ९ गते) छलफलपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लाग्नुभएको हो । प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ ।

Back to top button