प्रधानमन्त्रीले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु शर्मा (अन्सारी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘अस्ति प्रधानमन्त्रीको जवाफ बोली जुन सुनियो त्यसमा गोलमटोल जस्तो लाग्यो’ नागरिकता विधेयकको विषयमा उहाँले भन्नुभयो ।

नागरिकता बिना गोडा समेत सार्न अप्ठ्यारो हुने अवस्था रहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपालमा जन्मिएर पनि नागरिक हुन नसकेको? नपाएको भन्दै उहाँले प्रश्न गर्नुभयो,‘कस्तो बिडम्बना हो यो देशमा?’

यस्तै, जतिसक्दो छिटो नागरिकता विधेयक ल्याउन र जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई नागरिकता दिलाउनुपर्ने उहाँको माग छ ।

Back to top button