मधेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

जनकपुर । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मधेश प्रदेशले पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने नेकपा माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको हो ।

यस्तै, अहिले माओवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संयुक्त बैठक बसेको माओवादी केन्द्रका नेता तथा राज्यमन्त्री रहबर अन्सारीले जानकारी दिनुभयो ।

Back to top button