थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ८ सय ५४ नमूनामध्ये १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज थप १४ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ५ सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

यस्तै, हाल सक्रिय संक्रमितको संख्या ५३ रहेको छ।

Back to top button