आठ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै प्रेस चौतारी मोरङको वार्षिक साधारणसभा सम्पन्न

विराटनगर । प्रेस चौतारी मोरङको वार्षिक साधारणसभा विभिन्न ८ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नेपाल पत्रकार महांघको सदस्यता शुद्धिकरण र सदस्यता वितरण निष्पक्ष रपमा गर्न माग गरेको चौतारी मोरङले श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा र संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

यस्तै घोषणापत्रमा स्वरोजगार मिडियाहरूको संरक्षण सम्बर्द्धनमा लाग्न सरकारसँग माग गर्दै साधारणसभाले प्रदेशको नामकरण गरि कोशी प्रदेश राखेकोमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेश सरकार र प्रदेशसभाका सांसदहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

यसैगरि पत्रकार उत्पादन र क्षमता विकास गर्दै प्रदेशमा पत्रकारको अभिलेखिकरण गर्ने, प्रेस चौतारीका सदस्यलाई सक्रिय बनाउने तथा निष्कृय सदस्यको हकमा संगठन सुद्धिकरण गर्ने अभियान सञ्चालन गर्ने घोषणापत्रमा समेटिएको छ ।

यस्तै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम संचारमैत्री बनाउन तीनै तहको सरकारलाई आग्रह गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघले सञ्चालन गरेको शुद्धिकरण अभियान प्रेस चौतारीकै अग्रसरतामा भएको बताउनुयभो ।

उहाँले पत्रकारको नाममा जोकोहीले पनि सदस्यता लिने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै उहाँले समाचार लेख्नसक्ने ब्यक्ति मात्र सदस्य हुनुपर्ने बताउनुभयो । राजनितीका लागि जो कोहिलाई महासंघको सदस्यता दिलाउँदा वास्तविक पत्रकारहरुमाथि अन्याय हुने उहाँले बताउनुभयो ।

यस्तै पत्रकारहरुले वास्तविकतालाई छल्न नहुने भन्दै उहाँले सामाजिक सञ्जालमा फैलाउने भ्रमहरुलाई समेत चिर्न सक्नुपर्ने बताउनुभयो । नेकपा एमाले मोरङका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले पत्रकारहरुले पत्रकारहरुले तथ्यमा आधारीत भई समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले हरेक राजनितिक दल निकटका पत्रकार संगठनहरु रहेको भन्दै प्रेस चौतारीका सदस्यहरुले भने समाचार लेख्ने मात्रै नभई प्रगतिशिल विचार समेत दिन सक्नुपर्ने बताउनुभयो । पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जिव खनालले शुद्धिकरण अभियानलाई सबै संगसंगठनको छलफलपछि टुङ्ग्याइने बताउनुभयो ।

उहाँले यसमा आग्रह– पूर्वाग्रह हुनुपर्ने आवश्यकता नरहेको भन्दै साझा सहमतिबाट अघि बढ्ने बताउनुभयो । उहाँले बाहिरको हल्ला सुनेर कस्ले के गर्‍यो भन्दा पनि महासंघले के गर्‍यो भन्ने हेर्न बुझ्न आग्रह गर्नुभयो ।

प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदितले साधारणसभा सफलताको कामना गर्दै पत्रकारका हकहितका सवालमा सबै संघसंगठनबिच सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालाले महासंघको शुद्दिकरण अभियानलाई सार्थक बनाउन प्रेस चौतारीको साथ रहने बताउनुभयो । उहाँले शुद्धिकरण भने वास्तविकताको आधारमा रहि व्यवहारिकरुपले गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस सेन्टर मोरङ अध्यक्ष अर्जुन आचार्यले शुद्धिद्धकरण अभियानलाई निष्पक्ष रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।

धनकुटाका पत्रकार अधिकारी मोरङमा सम्मानित 


यसैबिच साधारणसभाको अवसरमा प्रेस चौतारी मोरङले शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार २०७९ बाट धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारीलाई सम्मान गरेको छ ।

चौतारी मोरङले कोशी प्रदेशस्तरमा वितरण गर्ने गरि सञ्चालनमा ल्याएको २१ हजार राशिको उक्त पुरस्कार यस पटक धनकुटाका अधिकारीले प्राप्त गर्नुभएको हो ।

कार्यक्रममा पुरस्कारका संरक्षक शिक्षासेवी शालिग्राम दाहाल र मञ्जु दाहाल तथा पुरस्कृत व्यक्तित्वको विषयमा प्रेस चौतारी नेपालका अनुशासन आयोग सदस्य रामचन्द्र अधिकारीले प्रकाश पार्नुभयो ।

२०७७ सालबाट शुरु भएको यो पुरस्कार पहिलो वर्ष मोरङका पत्रकार यज्ञप्रसाद शर्मा, २०७८ मा सुनसरीका पत्रकार लिलाराज भट्टराईले प्राप्त गर्नुभएको छ ।

Back to top button