रुकुममा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जीप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । आज बिहान भएको जीप दुर्घटनामा ४ जनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर, सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी, बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी र उहाँका २२ दिने छोरा रोशन केसी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो।

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत् पठाइएको हो ।

अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । घाइते केहीको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु १ ज १७४७ नं को जीप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो ।

यस्तै, जीपमा १४ यात्रु सवार थिए ।

Back to top button