प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने बताउनुभयो।

उहाँका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने संभावित कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

यस्तै, राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित भइसकेको छ। दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भइसकेपछि आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत हुनेछ। बजेट यही जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ।

Back to top button