कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित हुनुभएको छ । पूर्व सांसदसमेत रहनुभएका विश्वकर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गर्नुभएको हो ।

दलित संघको अध्यक्ष रहनुभएका विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हो । पार्टीका २८ वटा विभाग मध्ये प्रचार विभाग एउटा हो र देउवाले विभागमा गरेको यो पहिलो नियुक्ती हो ।

महाधिवेशन भएको ६ महिना भित्र विभाज गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भएपनि झण्डै डेढ वर्षपछि देउवाले एउटा विभागका प्रमुख नियुक्त गर्नुभएको हो ।

Back to top button