जनकपुर ११ का वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । जनकपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उहाँहरुलाई ५० हजारु रूपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

यस्तै, रंगेहात पक्राउ पर्नुभएका दुवै जनालाई ५० हजार रुपैयाँ विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

Back to top button