सागर दाहालको ‘आइ एम जष्ट योर लभ’ सार्वजनिक (भिडियोसहित)

विराटनगर । मोरङका नवगायक सागर दाहालको पहिलो गित ‘आई एम जष्ट योर लभ’ आज सार्वजनिक भएको छ ।

हाउस अफ आर्ट नामक यूट्युव च्यानलबाट म्यूजिक भिडियोसहितको गित सार्वजनिक भएको हो । गायक दाहालकै शब्द र संगीतको गितमा कलारकारहरु काजोल कार्की, रमेश भट्टराई, आरती बस्नेत, निशा दाहाललगायतले साथ दिनुभएको छ ।

युवा अवस्थाको प्रेम कथा समेटिएको यस गितमा एकोहोरो माया गरेर ब्यक्त गर्न नसक्दाको परिणाम झल्काउन खोजिएको छ । क्षितिज कोइरालाको निर्देशन मा रहेको यस गितको एरेन्ज भने दिपेन थापा (स्मृती ब्याण्ड) ले गर्नुभएको छ ।

गित सार्वजनिक भएसँगै गायक दाहालले आफ्नो पहिलो प्रयासलाई दर्शकले मन पराईदिएर हौसला प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

Back to top button