विराटनगर हाटखोलामा आज एनसेलले सांगीतिकि कार्यक्रम गर्दै

विराटनगर । एनसेलले विराटनगरमा गर्ने सांगीतिक कार्यक्रमको लागि चर्चित कलाकारहरू विराटनगर आइपुगेका छन् ।

कन्सर्ट दिउँसो २ बजेदेखि विराटनगर– ७ हाटखोला मैदानमा हुनेछ । सांगीतिक कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।

सांगीतिक कार्यक्रममा अभिनेत्री केकी अधिकारी, गायक दीपक बज्राचार्य, एन्ड रिदम ब्यान्ड, लाउरे, सुनिल पण्डित, शिव परियार, द एलिमेन्ट्स र अस्मिता अधिकारीको प्रस्तुती रहनेछ ।

प्रस्तुती दिन कलाकारहरु हिजै विराटनगर आइपुग्नुभएको छ । कन्सर्ट आज दिउँसो २ देखि करिब ६ घण्टा चल्ने गायक दिपक बज्राचार्यले बताउनुभयो ।

Back to top button