एनसेलको कन्सर्टमा झुम्यो विराटनगर (भिडियोसहित)

विराटनगर । एनसेलले आयोजना गरेको सांगीतिक कार्यक्रममा विराटनगर झुमेको छ । हिजो विराटनगर–७ स्थित हाटखोला मैदानमा आयोजित सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले सहभागीहरुलाई नचाएको थियो ।

कार्यक्रममा गायीका अस्मिता अधिकारी, अभिनेत्री केकी अधिकारी, गायक शिव परियार, आशिष राना (लाहुरे), दीपक बज्राचार्य, एन्ड रिदम ब्यान्ड,सुनिल पण्डित, द एलिमेन्ट्सको प्रस्तुतीले सहभागिहरुलाई ‘वान्स मोर, वान्स मोर’को नारा लगाउन बाध्य बनायो ।

दिउँसो दुई बजेदेखि सुरु भएको कन्सर्ट हेर्न हजारौको संख्यामा दर्शकहरु मैदानमा सहभागी थिए । बेलुका ९ बजेसम्म सञ्चालन भएको कन्सर्टले भरपूर मनोरञ्जन दिलाएको कटहरीका सागर दाहालले बताउनुभयो ।

Back to top button