अन्तर विद्यालय टेबल टेनिसमा एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज प्रथम

विराटनगर । विराटनगरस्तरीय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुल प्रथम भएका छन् । मिल्स फार्क क्लबको आयोजना भएको प्रतियोगितामा उमेर समूहमा तीन विद्यालय प्रथम भएका हुन् ।

प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोश्रो भएका छन् । मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह तेस्रो भए ।

सोही समूहको छात्रातर्फ एभरेष्ट स्कुलका कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर विद्यालयका स्वाति साह दोश्रो र एभरेष्टकै बंसिका जैन र सेन्टम्यारिजका आस्था खड्का तेस्रो भए ।

जुनियर सिंगल छात्रतर्फ एभरेष्टका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठका रुपेस श्रेष्ठ दोश्रो भएका छन् । जेसी बाल सदनका रिसित साह र सगरमाथाका सोमु महतो तेस्रो भए ।

जुनियर छात्रातर्फ सेन्टम्यारिजका आरनबी भट्टराई प्रथम, सोहि विद्यालयका अपाला साह दोश्रो, विज्ञता थापा र स्वीकृति भट्टराई तश्रो भएकी छिन् ।

प्रतियोगिताको छात्र जुनियरतर्फको बेस्ट प्लेयरमा पुर्वाञ्चल विद्या सदनका अस्मिन तामाङ र छात्रातर्फ गोदावरी स्कुलका प्रसन वगाले घोषित भए । प्रतियोगिताको उदियमान खेलाडी पिटरप्यानका निरजजंग थापा घोषित भए ।

Back to top button