टेबुलटेनिस प्रतियोगिताको विजेतालाई एभरेष्ट स्कुलको सम्मान

विराटनगर । विराटनगरमा भर्खरै सम्पन्न भएको अन्तर विद्यालय टेबुलटेनिस प्रतियोगिताको उपाधि जित्न सफल विद्यार्थीलाई विराटनगर–५ स्थित एभरेष्ट स्कुलले सम्मान गरेको छ ।

स्कुल परिसरमा आज एक कार्यक्रमको आयोजना गरेर सुशान्त मेहता, कृपा पोखरेल र वांसिका जैनलाई सम्मान गरेको हो । विजेता विद्यार्थीहरुलाई प्याब्सन पूर्व केन्द्रिय अध्यक्ष समेत रहनुभएका स्कूलका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले सम्मान गर्नुभयो ।

सुशान्तले जुनियर सिंगल छात्रतर्फ, कृपाले जुनियर सिंगल छात्रातर्फ स्वर्ण पदक जित्नुभएको थियो भने वांसिकाले जुनियर सिंगल छात्रातर्फ कास्य पदक जित्नुभएको थियो ।

Back to top button