प्रेस युनियनको स्थापना दिवसमा पत्रकारबिच दौड प्रतियोगिता (भिडियोसहित)

विराटनगर । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनको स्थापना दिवस तथा गणतन्त्र दिवसको अवसरमा आज खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।

प्रेस युनियन कोशी प्रदेश र जिल्ला समितिको समन्वयमा आयोजित प्रतियोगितामा दुई दर्जन पत्रकारले भाग लिएका छन् । विराटनगरको जनआन्दोलन चोकबाट सुरु भएको प्रतियोगिता विराटनगरको बरगाछिमा पुगेर टुङ्गिएको थियो । प्रतियोगितामा पत्रकार हरि अधिकारी प्रथम हुनुभयो पत्रकार नवराज कट्टेल द्धित्तिय हुनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरका मेयर नागेश कोइरालाले पत्रकारहरुले सधै कलम चलाएपनि आफ्नो स्वास्थ्यका लागि खेलकुदका गतिविधिमा समेत सक्रिय रहनुपर्ने बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट पाँचलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

Back to top button