
काठमाडौं । जेष्ठ नागरिकका लागि दिँदै आएको मासिक चार हजार भत्तालाई यथावत राखेको छ ।
आज अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार हजार भत्तालाई निरन्तरता दिइएको बताउनुभएको हो ।
यसका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रकम विनियोजन गरेको बताउनुभयो । यस्तै, ६० वर्ष पूरा भएका दलित महिला, सीमान्तकृत समुदाय तथा बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको उहाँले बताउनुभयो ।