बजेट शतप्रतिशत कार्यान्वयन हुन्छः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट शतप्रतिशत कार्यान्वयन हुने बताउनुभएको छ ।

आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेट कार्यान्वयनको बिषयमा शंका उपशंका नगर्न आग्रह समेत गर्दै यसपटक भिन्न किसिमले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुने दावी गर्नुभयो ।

उहाँले यो वर्ष राजश्व वृद्धि हुने अनुमान गरेको भन्दै बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनुभयो । राजश्व चलायमान भए शतप्रतिशत राजश्वको भोलुम बढ्ने उहाँले बताउनुभयो ।

अर्थमन्त्री डा. महतले नीतिगत सुधारका कुराहरू बजेटले बोलेको र आउने दिनमा आर्थिक वृद्धि गर्दै आमनागरिकमा पहुँच पुर्‍याउने लक्ष्य लिएको बताउनुभयो ।

यद्यपि पुँजीको सुनिश्चितता चु्नौतीपूर्ण रहेको बताउनुभयो । उहाँले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको समेत प्रष्ट्याउनुभयो ।

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि हिजो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेको छ ।

Back to top button