ठूलाठूला हत्याकाण्ड र भ्रष्टचारका फाइल क्रमशः खोलिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला–ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताउनुभएको छ ।

आज माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला–ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताउनुभयो ।

उहाँले ४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरूको सम्पती समेत छानबिन गरिने भन्दै संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

राज्यको नेतृत्वमा बस्नेहरू नै भ्रष्टाचारमा सामेल हुन थालेपछि यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सेटिङमार्फत् हुने भ्रष्टाचारविरुद्ध दरोसँग उभिने संकल्प गरेको बताउनुभयो ।

प्रचण्डले प्रधानमन्त्रीको रुपमा नेपाल राष्ट्रका लागि केहि नयाँ गर्नेगरि भारत भ्रमणमा जान लागेको बताउनुभयो । उहाँले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारिक र वैधानिक ढंगले स्थापीत गर्नु ठूलो कुरा भएको बताउनुभयो ।

Back to top button