कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो ४ दिने भारत भ्रमणमा जानुभएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Back to top button