माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच भेटवार्ता

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच भेटवार्ता भएको छ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र)का नेताहरुसँग भेट गरेको हो।

भेटका क्रममा २ पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘उहाँ छिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो। उहाँको नेतृत्वमा आएको टिमसँग हामीले छलफल गर्‍यौँ। दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो ।’

उहाँले छलफलमा २ सरकारबीचमा सम्बन्ध बिस्तार र २ देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताउनुभयो ।

‘ २ सरकारबीचमा समान सम्बन्ध बिस्तार होस्, २ देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा गर्‍यौँ।’ उहाँले भन्नुभयोे ।

भेटमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो। प्रधानमन्त्री पुष्पकमलले आज भारत भ्रमणमा जानुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीसांग भएको भेटघाटलाई महत्वपूर्ण रुपमा लिइएको छ।

साथै चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले आज बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेको थियो।

Back to top button