
काठमाडौं । सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो।
नेपाली सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० पुगेको छ। यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० कायम भएको छ।
हिजो छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबारको तुलमाना हिजो एकै दिन सुनको मूल्यमा १५०० बढेको थियो।