भारत र नेपालबीचको सम्बन्ध सुन्दर छ : नरेन्द्र मोदी ​​​​​​​

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध सुन्दर रहेको बताउनुभएको छ ।

यी २ देशको सम्बन्ध अगाडि बढाउन पेट्रोलियम पाइपलाइन,बिजुली आयात,हाइड्रो,रेलमार्गलगायतका क्षेत्रमा महत्वपूर्ण निर्णय भएको बताउनुभएको हो ।

आज नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्ता पछि पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले २ देशबीचको सम्बन्ध सुपरहिट बनाउने निर्णय गरेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘भारत नेपालबीचको सम्बन्ध सुन्दर छ। नेपालको विद्युत निर्यात भइरहेको छ। अनेक क्षेत्रमा विभिन्न उपलब्धी हाँसिल गरेका छौं। तल्लो अरुण,फुकोट कर्णाली,पेट्रोलियम पाइप लाइन,क्रस बोर्डर पेमेन्टलगायत समझदारीमा हस्ताक्षर भएको छ।’

मोदीले लङटर्म पावर ट्रेड एग्रीमेन्ट भएको बताउनुभयो। उहाँले २०१४ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेको ३ महिनाभित्र नेपाल भ्रमण गरेको स्मरण गर्नुभएको थियो। प्रधानमन्त्री मोदीले भारतले नेपालबाट ४५० मेगावाट बिजुली आयात गरिरहेको बताउनुभएको छ ।

Back to top button