पार्टी सुधार गरी अघि बढ्न आवश्यक : कांग्रेस महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सुधार गरी अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताउनुभयो।

उहाँले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा चुलिएको थापाको भनाइ छ। उहाँले चुनावअघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चुनावमा सारा दलबीच गठबन्धन भएपनि कांग्रेस एक्लै चुनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले नेतृत्वले ठीक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरूले पनि सही तरिकाले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने बताउनुभयो।

Back to top button