आज पनि सुन मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा लगातार तेस्रो कारोबार दिन पनि बढेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १३ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।

१८ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा तोकिएको थियो ।

१७ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रूपैयाँ तोकिएको थियो ।

बजेट घोषणापछि सरकारले वृद्धि गरेको कारण सुनको मूल्य प्रति १० ग्राममा ३ हजार ९ सय रूपैयाँले बढेको थियो । बजेट पछिको ३ दिनमा सुनको मूल्य तोलामा ५ हजार रूपैयाँले बढिसकेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ३५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ । हिजो चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय १० रुपैयाँ तोकिएको थियो ।

Back to top button