बिरामीलाई सहज उपचार व्यवस्था मिलाउन अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रूपमा उपचार गर्ने व्यवस्था मिलाउन विभिन्न अस्पताललाई निर्देशन दिनुभएको छ ।

आज काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रूपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले गंगालाल अस्पतालमा रहेका उपकरणहरूको प्रयोग, बिरामीलाई दिइने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिनुभएको थियो। मन्त्री बस्नेतले उपचारका लागि आएका बिरामीहरूसँग पनि कुराकानी गर्नुभएको थियो ।

यसअघि दिएको निर्देशन अनुसार अस्पतालको सेवाको सुधार देखिएको बताउनुभयो। विभिन्न अस्पतालहरूमा गुणस्तरीय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो।

मन्त्री बस्नेतले सरकारी र निजी अस्पतालको उपचारको सेवा शुल्कमा एकरूपता ल्याउन पहल गरिने बताउनुभयो।

Back to top button