थप २ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या १९

काठमाडौं । थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ६ सय ६७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ सय १७ र एन्टिजेनबाट ४ सय ५० नमुना परीक्षण गर्दा पीसीआरबाट २ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Back to top button