
विराटनगर । विराटनगर महानगरपालिकाले थप तीन दिन महानगरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भन्दै थप तीन दिन विद्यालय विदा दिने निर्णय गरेको हो । महानगरद्वारा जारी सूचनामा जेठ २१ देखि २३ गतेसम्म थप तीन दिन विद्यालय बन्द रहने उल्लेख गरिएको छ ।
यस अघि गर्मीकै कारण दर्शाउँदै महानगरले जेठ १८ र १९ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । साउन महिनाको वर्षे बिदाबाट कट्टि गर्नेगरि विद्यालय बन्द गर्ने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
पूर्व निर्धारित परिक्षाहरु भने यथावत रुपमै सञ्चालन हुने उल्लेख गरिएको छ ।