प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किँदै हुनुहन्छ । बुधबार भारत जानुभएका उहाँ आज अपराह्न स्वदेश फर्किन लाग्नुभएको हो ।

हिजो इन्दोरमा बास बस्नुभएका प्रधानमन्त्री प्रचण्ड आज दिल्ली हुँदै स्वदेश फर्किन लाग्नुभएको हो । यसअघि हिजो उहाँले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । उहाँले इन्दोरको फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले हिजो बेलुकी रात्रिभोजको आयोजना गर्नुभएको थियो । प्रचण्डले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको बताउनुभएको छ ।

भारतका भ्रमणका क्रममा दुई देशबीच विद्युत् व्यापार, पारवहन, पेट्रोलीयम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणलगायतका विषयमा सात सम्झौता भएका छन् ।

Back to top button