स्काउट कोशी प्रदेशका संरक्षक र प्रदेश प्रमुखको सपथग्रहण सम्पन्न

विराटनगर । कोशी प्रदेशका स्काउट संरक्षक तथा स्काउट प्रदेश प्रमुखको सपथग्रहण सम्पन्न भएको छ ।

नेपाल स्काउट कार्यालय, कोशी प्रदेशको आयोजनामा प्रदेशका मुख्यमन्त्री एवं प्रदेश स्काउटका संरक्षक हिक्मतकुमार कार्की र सामाजिक बिकासमन्त्री एवं प्रदेश प्रमुख स्काउट बुद्धिकुमार राजभण्डारीले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको हो ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले मुख्यमन्त्री र सामाजिक बिकासमन्त्रीलाई प्रदेश संरक्षक र प्रमुख स्काउटको हैसियतमा सपथग्रहण गराउँदै दिक्षित गर्नुभएको हो ।

नेपाल स्काउट, कोशी प्रदेश तदर्थ समिति संयोजक रवि खनालको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल स्काउट , राष्ट्रिय प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराई, राष्ट्रिय प्रशिक्षकहरु, प्रदेश तदर्थ समिति सदस्यहरु, सहायक राष्ट्रिय प्रशिक्षकहरु, स्काउटलिडरहरु र रोभर रेन्जरहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कोशी प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो ।

Back to top button