कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी निर्णय, मन्त्री पनि फिर्ता बोलाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

विराटनगरमा आज बसेको प्रदेश पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको साथै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ।

प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन बमोजिम एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिनुभयो। उहाँले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीहरूलाई फिर्ता बोलाएको उल्लेख गर्नुभएको छ ।

Back to top button