सेयर बजारमा २५ अंकको सुधार,कारोबार रकम २ अर्ब नजिक

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक २५ दशमलव ६६ अंकले बढेर १९२७ दशमलव ६५ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स २ दशमलव ८७ अंकले बढेर ३६५ दशमलव ०९ विन्दुमा पुगेको छ। आज २६९ कम्पनी ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १७ अंकले ओरालो लागेको थियो। सो दिन १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। यसदिन न्यादी हाइड्रोपावरको ९ दशमलव ८५ र सनराइज फोकस्ड इक्विटी फन्डको ९ दशमलव २४ प्रतिशतले सेयर बढ्यो। यस्तै सोल्टी होटलको ८ दशमलव ७५ प्रतिशतले सेयर मूल्य बढ्यो।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो होटलको ९ करोड ६८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। शिवम् सिमेन्टको ९ करोड १७ लाख र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै उपसमूहमा हरियाली छाएको छ। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक ५ दशमलव ६७ प्रतिशतले बढ्यो। नन लाइफ इन्स्योरेन्सको उपसमूहको सूचक ४ दशमलव ६४ प्रतिशतले बढ्यो। आज १८५ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो।

Back to top button