शिशु हत्याको आरोपमा बावु पक्राउ

काठमाडौं । आफ्नै शिशु हत्या आरोपमा एकजना पक्राउ परेका छन्। बाराको देवताल गाउँपालिका वडा नम्बर–४ स्थित तिप्राडी टोलका २५ वर्षीय नुर आलम अंसारी १४ दिनका छोराको हत्या आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आफ्नो नवजात शिशु (१४ दिनको छोरा)को हत्या गरी फरार रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रकार भएको र त्यसकै आधारमा खोजतलास गर्ने क्रममा काठमाडौंको चन्द्रगिरि नगरपालिका ढुंगेअड्डा पिपलबोटबाट अंसारी पक्राउ परेको जानकारी दिनुभयो।

अंसारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको प्रहरीले जनाएको छ।

Back to top button