मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन

काठमाडौं । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उपकुलपति साह २ महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो।

उपकुलपति साहको काठमाडौंमा उपचार सम्भव नभएपछि नयाँ दिल्ली लगिएको थियो । उहाँ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हो । डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

Back to top button